NewsVideo

माईती नेपाल भित्र विवाद, श्रीलंकाको जेलबाट उद्धार गरेका २५ महिला खै भन्दै पुग्ने यि को हुन् ? (भिडियो हेर्नुस्)

काठमाडौ । रेस्क्यु नेपाल नामको गैरसरकारी संस्थाले वैदेशिक रोजगारीमा गएर अलपत्र परेका महिलाहरुलाई रेस्क्यु गरेर नेपाल ल्यायो । तर माइती नेपालले ति महिलाहरुलाई सुटुक्क आफ्नो संस्थामा लिएर गएपछि बवाल भएको छ । माइती नेपालमै पुगेर रेस्क्यु नेपालका प्रतिनिधिहरुले उद्दार गरेर ल्याएका महिला कहाँ छन् ? भनेर प्रश्न गरेका छन् । जुत्ता खियाउने, पसिना बगाउने, रिस्क लिएर उद्दार गर्ने हामी तर हामीलाई नै थाहा नदिएर माइती नेपालले कहाँ लुकायो ? माइती नेपालमा पुगेका रेस्क्यु नेपालका प्रतिनिधिले गरेको प्रश्न हो यो ।

अरुले गरेको काममा जस पाउने काम मात्र नगर्नुस् । अनुराधा कोइरालालाई एक जना प्रतिनिधिले भनेका छन्, परिवारका सदस्य अब हाम्रो मान्छे आउँछन् भनेर पर्खेर बसेका छन् तर उनीहरु कहाँ छन् हामीलाई नै थाहा छैन । परिवार र आफन्तले नै भेट्न नपाउने ? उनीहरुले प्रश्न गरेका छन् । श्रीलंकाको जेलबाट उद्धार गरेका २५ महिलाहरुलाई माइती नेपालले आफ्नो संरक्षणमा राखेपछि यस्तो बवाल भएको हो ।

संस्थाका प्रतिनिधिहरुले आफुहरुको पहलमा नेपाल ल्याएका महिलाहरुलाई आफुहरुले पनि भेट्न पनि पाउनुपर्ने बताएका छन् । आफुहरुले पैसा उठाएर रेस्क्यु गरेका महिलाहरुलाई नेपाल आइसकेपछि माइती नेपालका प्रतिनिधि दौडिएर गएर आफन्तलाई नै भेट्न समेत नदिएर उनीहरुलाई आफ्नो संरक्षणमा ल्याएको भन्दै विरोध जनाएका छन् ।

नेपाल सरकार र माइती नेपालको पहलमा ल्याएकाहरुलाई तपाईहरु राख्नुस् तर वैदेशिक रोजगार उद्दार नेपालको पहलमा ल्याएकाहरुको हकमा निर्णय गर्दा आफुहरुसंग समन्वय गर्नुपर्ने उनीहरुको भनाई छ । फाइल हामीसंग छ, काम गर्ने हामी तर काम गरेको देखाउने माइती नेपाल ? यस्तो त भएन नी ?

Related Articles

Back to top button