News

ज्वाला संग्रौलासहित तीनजनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ज्वाला संग्रौला र उनको समूहका दुई जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

अनुसन्धानका लागि जिल्ला प्रशासनले कार्यालय काठमाडौंले ५ दिन म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी अशोक सिंहले जानकारी दिए । संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका थिए ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न असार ७ गते प्रहरीलाई तीन दिनको समय दिएको थियो ।

युवा संघकी केन्द्रीय सदस्य खुश्बु घिमिरेले आफूमाथि ज्वालाको समूहले प्रहरी कार्यालयभित्रै कु टपि ट गरेको गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले उनीहरुलाई अभद्र व्यवहार अन्तर्गत प्रहरीले कारबाही अघि बढाएको थियो ।उनीहरुमाथि कु टपि ट, अ’भद्र व्यवहार तथा प्रहरीमाथि समेत हात’पात गरेको अभियोग छ ।

प्रहरीका अनुसार त्यससँगै उनको समूहमाथि जातीय वि भेद र सरकारी कागजात कीर्ते गरेको विषयमा पनि अनुसन्धान हुने भएको छ । घिमिरेमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आ क्र मण गरेको भन्दै प्रहरीमा उजुरी पुगेको थियो ।

Related Articles

Back to top button