बिशाल र हरिमायाको “माया गर्ने जोडिको लागी आयो निकै मर्मस्पर्शी गीत” मुटुकी टुकुरी (भिडियो सहित)
हेर छोरी सहर जानू हुदैन। सहरको लामो कहानी छ। म सानी थिय, त्यो बिरानो सहरमा मेरो आमा, बुवा आफन्ती कोही पनि थियन। बिहान के खाम बेल्का के खाम भनेर भौतारीदै गल्ली गल्ली हिन्थें। एउटा अंकलले मलाइ ठूलो घरमा काम गर्न लैजानु भयो। अनि त्यो घरमा को को बस्थे थाहा छ? एउटि आमा बस्नु हुन्थ्यो, एउटा सानो राजकुमार बस्नुहुन्थ्यो। मैले काम हुदा त काम गर्थे अनि खाली हुदा खेरी तिनै राजकुमार शीत खेलेर समय बिताउथें।
त्यसको १५ बर्ष पछि को कथा कस्तो हुन्छ सबैलाइ उत्सुकता हुन सक्छ। हो यो एउटा गितको म्युजीक भिडियोको कथा हो जुन गित धेरै कहाली लाग्दो कथामा भिडियो निर्माण गरीयको छ। विशेष गरि पछिल्लो समयमा दिनहु धेरै गितहरु रीलीज हुन्छन। तर यो गित र भिडियोले पक्कै पनि धेरै दर्सक श्रोताको मन जित्न सक्ने देखीन्छ।
विशाल रायमाझी को युट्युब च्यानल मार्फत रीलीज भयको गित हरीमाया रायमाझी, विशाल रायमाझी, सर्मिला रायमाझी र दिपेन थापाले आवाज भर्नुभयको छ। शब्द र संगीत विशाल रायमाझीकै छ। बिस्वास नेपालले संगीत सम्योजन गर्नुभयको उक्त गितलाइ मारुनी रेकर्डिङ स्टुडियोमा सुमन राना र खुमन रानाले रेकर्डीङ गराइ कुमार रानाले नै मिक्सीङ गर्नु भयको हो।
राजकुमार मगर को निर्देशन मा रहेको उक्त भिडियो छायांकन प्रकाश खड्का गरेका थिय भने उक्त गितमा अभिनय एलीना रायमाझी, अल्फाज साह, योगज्योती कृयासील, श्रीया थापा, सङ्मु तामाङ, हिमेस मगर, श्रीजना खनाल, सन्ध्या छेत्री, यसोधा लम्साल, मिलन भुसाल र विशाल छेत्री ले गरेका थिय। त्यस्तै भिडियो सम्पादन राजकुमार मगरले गर्नुभएको हो।
“मुटुकी टुकूरी” उक्त गीति सङ्ग्रह रीलीज भयको छोटो समय मै धेरै दर्सक श्रोताको नजर परीसकेको र उक्त गितले धेरै सफलता पाउने सबैले अनुमान गर्न सक्छन। दोहोरी गितबाट धेरै चर्चा पायका विशाल रायमाझी र हरीमाया रायमाझीको यो संयुक्त एल्बब ले गर्दा पनि लोक गित संगीतले अझै धेरै दर्कक को एउटा छुट्टै मन जित्न सक्ने देखीन्छ। सम्पुर्ण टिमलाइ सुभकामना।
पूरा भिडियो हेर्नुहोस।