News
हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु
एजेन्सी ।फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दु’र्घटना भएको छ ।सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दु’र्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृ’त्यु भएको छ ।
वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दु’र्घटनाग्रस्त भएको थियो ।
रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दु’र्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्या’न गएको बताउनुभएको छ । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उ’द्धार शुरु गरेको थियो ।