सन्तोषी ह’त्या प्रकरण : पक्राउ परेका युवाले दिए यस्तो बयान
काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्या न लिने आराेपी पक्राउ परेका छन् । मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो ।
प्रहरीका अनुसार सन्तोषीको कर णी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ। प्रहरीले सन्तोषीको घटाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ ।
असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। घटना पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए।
प्रहरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय महिला आ’त्तिएर त्यहीं नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि घटनास्थलमा अनुसन्धान गर्न प्रहरी टोली पुगेको थियो ।
महानगरीय प्रहरी परिसर महानगरीय अ’पराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो । ‘उनले शुरुमा घाँ’ ‘टी थि’ ‘चेर ज्या’ ‘न लिएको र पछि नचिनियोस् भनेर अनुहार क्ष’ ‘त वि’क्ष’त हुने गरी प्र’ ‘हार ग’रेको पाइयो,’ ती अधिकारीले भने ।