एकै पटक दश बच्चा जन्माएर चर्चामा आएकी महिला प’क्राउ, कारण थाहा पाएर पर्नुहुनेछ चकित
एकै पटक दश बच्चा जन्माएको भनेर एकाएक एक महिला चर्चामा आइन् । सन्सारभर उनको मिडिया कभरेज भयो । तर अहिले तिनै महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने कारण भने झनै अनौठो छ । यो घटना दक्षिण अफ्रिकाको हो ।
त्यहाँ एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर समाचार आएको थियो । तर त्यो समाचार गलत प्रमाणित भएको छ । सन्सारभरका मिडिा लगायत बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल ग र्भ व ती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ ।
अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नि य न्त्र ण मा लिइएको बीबीसीले जानकारी दिएको छ । दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो । जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ ।
उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै पनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ । समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।