युट्युवमा भाइरल सन्तोषी सुब्बा ह.त्या अभियोगमा एक युवक पक्राउ ह.त्या गर्नुको कारण यस्तो रैछ ।
प्रहरीले सन्तोषी सुब्बा ह.त्या प्रकरणमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २१ वर्षीय सुरेश तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार तिमल्सिनाले सुरुमा सन्तोषीलाई ब.ला.त्कार प्रयास गरेको तर सन्तोषीले प्रतिकार गरेपछि घाँटी थिचेर ह.त्या गरेको स्विकार गरेका छन् । ह.त्या गरेपछि अनुहार चिन्न नसकियाेस् भनेर महिलाको पहिचान लुकाउन सन्तोषीको अनुहार भरि ढुंगाले प्र.हार गरेकाे बयानमा युवकले स्वीकार गरेका छन् ।
गत मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा ह.त्या गरेर फालिएकाे अवस्थामा सन्ताेषीको शव भेटिएकाे थियाे । सुरुमा शवको पहिचान हुन नसकेपनि प्रहरीको अनुसन्धानपछि उनि विभिन्न पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा भएको पुष्टि बहेको थियो । आज पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।