International

आजदेखि अन्तर्राष्ट्रिय उडान खुला , कुन कुन देश हुँदैछ उडान ?

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि अन्तर्राष्ट्रिय र असार १७ गतेपछि आन्तरिक उडान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रालयलाई दिने गरी सोमबार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। सोही अनुसार मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो।

त्यसैगरी मन्त्रालयले अन्तर्राष्ट्रिय उडान भने बिहीबारदेखि नै खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार साविकको तुलनामा ५० प्रतिशत कम मात्र उडान गर्नेगरी उडान तालिकाको व्यवस्थापन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश नभएम्मका लागि असार १७ गतेदेखि लागू हुनेगरी आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको हो।

मन्त्रालयले कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय उडानको भने तालिका सार्वजनिक भएको छ। सूचना सार्वजनिक गर्दै सुवेदीले अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेका छन्।

मन्त्रालयका अनुसार बिहीबार नेपाल एयरलाइन्सले कतार र तर्किस एयरलाइन्सले इस्तानबुल उडान भर्नेछन्। शनिबार नेपाल एयरलाइन्सले जापान र एयर इण्डियाले दिल्लीबाट काठमाडौं उडान भर्नेछ भने आइतबार कतार एयरवेजले दोहाबाट काठमाडौंको उडान गर्नेछ सोही दिन टर्की एयरलाइन्स इस्तानबुलबाट काठमाडौं फर्किने छ। आइतबार नै एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरी तालिका तय भएको छ।

Related Articles

Back to top button