EntertainmentVideo

अञ्जली अधिकारीको अहिलेसम्मकै फरक अभिनय, जुन गीतको भिडियो युटुबभरी भाइरल (भिडियो हेर्नुस)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक कुशल बेलबासे को सुमधुर आवाजमा रहेको निकै मर्मस्पर्शी गित ‘हातैको पौजाले’ सार्वजनिकभएको छ | आखिर प्रेमनै सबै भन्दा ठुलो रहेछ। आमा बुवाको प्रेम अनि आन्तरिक प्रेममा निकै फरक छ तर माया गर्ने जोडीलाई भने माया नै ठुलो रहेछ। यहि प्रेममा कतिपय सफल भयका छन् भने कतिपयले आफ्नो ज्यान समेत गुमाउनु परेको हामीले सुन्न अनि देख्न सक्छौ। हुन त मायाप्रेम बिना संसार नै अधुरो रहनछ। मिठा मिठा सपना बोकेर हिडेका ति परेवाका जोडी जस्तै एक जोडीमा घटेको घटना हो।

मायाले पागल बनायो दुरी बढायो तर माया भने उत्तिकै रहिरहेको छ। एक अर्कालाई खोज्दै भौतारियाका ति नमुना जोडीले समाजबाट नै धोका पाउन पर्यो। यस्तै यस्तै घटनाले आज कतिपय जोडीको बिछोड भयको छ भने कतिपयले अकालमै ज्यान गुमाउन पुगेका छन्। यस्तै घटनालाई कल्पित गर्दै गित मार्फत उतारेका छन् कलाकारहरुले। लोकप्रिय गायिका शान्ति श्री परियार र गायक कुशल बेलबासे को सुमधुर आवाजमा उनै बहुचर्चित गायक तथा सर्जक कुशल बेलाबासेकै लय तथा शब्द सिर्जनामा एक हृदयाबिदारक कथामा आधारित लोक गित हातैको पन्जाले बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ प्रकाश भट्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् र बिष्णु शर्माले उक्त भिडियो सम्पादन गरेका छन्। उक्त भिडियोमा ओबी रायमाझी र अन्जली अधिकारीको मन छुने अभिनय रहेको छ। उक्त गीतलाई नवराज पन्तको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। बिछोडियका जोडीको मिलन भयो कि भयान होला ? आखिर कहिले सम्म यस्तो समस्यामा अल्झनु पर्ने साचो माया गर्ने जोडी ? भिडियो हेर्नुहोला :

Related Articles

Back to top button