News

“छिमेकी होस त यस्तो :-चीनले नेपाल,लाई दियो २० हजार, थान अक्सिजन सिलिन्डर,

“काठमाडौं । चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।”

“हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो । एक साताअघि पाँच विदेशमन्त्रीसँग चीनले भेटघाट गरेको थियो ।”

“चीनले दिने भनेको उक्त अक्सिजन सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयलाई दिइएको छ । साथै, सरकारले अक्सिजन सिलिन्डरको माग बढेपछि सिलिन्डर होल्ड नगर्न निर्देशन दिइसकेको छ ।”

“कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठकमा चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २ हजार सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको छ ।”

“सीसीएमसीको बैठकले ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने अनुमान गरेको छ । साथै, हवाइमार्गबाट भन्दा स्थलमार्गबाटै सिलिन्डर ल्याउन सहज हुनेभ भएपछि सरकारले स्थलमार्गबाटै सिलिन्डर ल्याउने तयारी थालेको छ ।”

 

Related Articles

Back to top button