NewsVideo

दलित भएको कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रिले छुटाए | रुदै भन्छन मलाई फसाइयो, (भिडियो सहित)

पछिल्लो समय सामाजिक संजालभरि जताततै यत्रतत्र र सर्वत्र नै फैलिएको नाम हो रुपा सुनार र उनिमाथि भएको जातिय विभेद ।रुपा सुनारको वास्तविक घर तनहु हो भने अनि अहिले काठमाडौं बस्दै मिडिया क्षेत्रमै आफ्नो कर्म गर्दै आइरहेकि छिन् । रुपा सुनार कोठा खोज्न भन्दै घरबाट निस्किन्छिन् र विभिन्न घरहरु जाने क्रममा उनी एउटा घरमा पुग्छिन् र सबै कुराहरु गर्छिन् र कोठा आफुलाई मन परेको र चाडै बस्ने भन्दै प्रतिबद्धता पनि गर्छिन् तर एकाएक उनिलाई आफ्नो जातको बारेमा प्रश्न गरिन्छ र आफू कामिको छोरी भएको उनले जिकिर गर्नसाथ उनलाई कोठा नदिने निचोडमा उक्त घरबेटि पुग्छन् ।

जातिय विभेद छैन गर्नु हुदैन भन्दाभन्दै पनि यस्ता घ ट नाहरु बारबार भैरहन्छन दोहोरिरहन्छन् ।आफ्नो देउता रिसाउने भन्ने ती घरबेटिले कोठा दिन मनाइ गर्छन् कठै मानवता भन्दा ठूलो देउता पनि अरु कुनै हुनसक्थ्यो होला र ।अहिले रुपा सुनार सामाजिक संजालनै भरि भाइरल भैरहेकिछिन् र उनको पक्षमा वकालत गर्नेहरुको लर्को पनि एकदमै लामो छ तर आफू कलाकार भएको र कलाकारबाट नै भने आफुले खासै वास्ता नपाएको उनको गुनासो छ ।यस्तो जातिय विभेद उपर राज्य संयत्रनै नकारात्मक भैरहदा पि डितको पक्षमा न्यायिक व्यवहार कसैले नगर्ने गरेको उनले बताइन र अन्तर्बार्ताकै क्रममा उनी भावुक पनि भइन् ।

त्यसैगरि उनले कानुनि रुपमा पनि आफ्नो ल डाइ ल डिरहेकि छिन् ।उनि प्रतिनिधि पात्र मात्रै हुन् यस्ता घ ट नाहरुबाट पि ल्सिएकाहरुको जमात निकै लामो छ ।उनको किटानि जाहेरि सगै घरबेटि सरस्वती प्रधानलाई प्रहरिले हि रासतमा लिएसगै प्रमाण नपुगेको भन्दै अहिले छोडेको छ र उक्त घरबेटिलाई लिन अहिलेका बहालवाला शिक्षा मन्त्री कृस्न गोपाल श्रेष्ठ नै गाडिसहित पुगेका थिए । घरबेटि परिवार बताउँछ कि आफुहरुले बिल्कुलै जातको कुरा नै नउठाएको र रुपाले नै जातको कुरा उठाएर आफुहरुलाई यस्तोसम्म गरेको बताउँछन् र यो जातिय द्वन्द्व सृजना गर्ने रुपा एकललाई त फाइदै होला तर त्यो भन्दा तलका कसैलाई पनि नहुने परिवार बताउँछ ।साथसाथै रुपाको झुटो प्रचार उपर आफुहरु चुपलागेर नबस्ने उक्त परिवार बताउँछ ।

अब हेर्नुस् यो भिडियो सामाग्री:

Related Articles

Back to top button