News

पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृ*त्यु

पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृ*त्यु भएको छ । मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका(९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो ।

घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बिहानैदेखि टेलिफोन नेटवर्कको समस्याले सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन बाँकी छ । प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button