News

रुपा सुनारलाई साथ दिन पुर्व प्रधानमन्त्री भट्टराईको आग्रह

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका छन्।

समाजमा सबैभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिका रूपमा उनले जातीय भेदभाव र छुवाछूतविरुद्ध आवाज उठाउने साहस गरेको भन्दै उनलाई न्यायप्रेमी सबैले साथ दिनुपर्ने डा. भट्टराईको भनाइ छ।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ बुधबार डा. भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ।

यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं!’ यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनरालाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बष्हिकार गरेकी थिइन्।

Related Articles

Back to top button