News
पहिरोमा घाइते २ जनाको हेलिकप्टरबाट उद्धार
रोल्पामा मङ्गलवार (हिजो) राति पहिरोमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हिजो राति साढे १२ बजेको समयमा आएको पहिरोले रोल्पा नगरपालिका ९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उहाँसहित उहाँका छाेरा शक्तिमान घाइते हुनुभएकाे थियाे । उहाँहरूकाे उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले जानकारी दिनुभयो ।
यस्तै पहिरोमा परेर सामान्य घाइते हुनुभएकी ४५ वर्षीया सुनमाया बुढाको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
हिजाे रातिकाे पहिराेमा परेर टिकासिङकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको थियो ।