News

दुबईबाट २ सय ७० जना बोकेर जहाज नेपाल उड्यो, टिकट काटे पनि जरिवाना तिर्न नसक्दा ३ जना यतै रोकिए

गुमाएका, भिजिट भिसामा आएर यतै अड्किएका, करार अवधि सकिएका, अत्यावश्यक कामले नेपाल फर्कनु पर्ने व्यक्तिहरू, बिरामी एवं सुत्केरी महिला छन् । उडानमा विभिन्न कारणले यूएईमा ज्यान गुमाएका ५ जनाको शवसमेत लगिएको छ । यूएईमा ज्यान गुमाएका स्याङ्जाका लोकबहादुर मगर र रोशबहादुर आले, नवलपरासीका सोमबहादुर गुरुङ र खडकबहादुर थारु र सिन्धुपाल्चोकका साङ दोर्जे शेर्पाको शव नेपाल लगिएको नेपाल एयरलाइन्स यूएई शाखाले जनाएको छ ।

आजको उडानमा टिकट काटेका ३ जना पुरुष ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा जान पाएका छैनन् ।  टिकट रद्द गरेर प्रतीक्षा सूचीमा राखेका अन्य ३ जनालाई तत्कालै टिकट प्रदान गरेर उडान भरिएको एयरलाइन्सका यूएई प्रमुख टिकाराम पंगेनीले उज्यालोलाई जानकारी दिनुभयो ।  ५० जना भन्दा धेरैको अध्यागमन सम्बन्धी समस्या भएकाले जहाज तोकिएको समयभन्दा झण्डै १ घण्टा ढिला गरी उडेको हो । नेपाल फर्किएका सबैले कोरोना परीक्षणको बारकोड सहितको प्रमाणपत्र साथमा लिएर फर्किएका हुन् । नेपाल एयरलाइन्सको अर्को उडान जुन ३० मा हुने नेपाल एयरलाइन्सको यूएई हेर्ने अधिकारिक एजेन्सी एन्टाका सजु पौलले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि गएको वैशाख २३ गतेमध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । उडान रोक्दा घर फर्कन टिकट हातमा लिएका यात्रुसमेत यूएईमै रोकिएका थिए । कतिपयले उच्च जोखिम मोल्दै दुबई दिल्ली हुँदै पनि यात्रा गरिसकेका छन् । युएईमै अड्किएका कतिपय श्रमिकको भने भिसा अवधिभन्दा धेरै बसेकाले ओभरस्टे बापतको जरिवाना पनि सुरु भइसकेको छ ।

Related Articles

Back to top button