दुखद खबर! दई बालक दार्चुलामा ह्युम पाइपमा अड्कीए? यस्तो अवस्थामा भयो मृत्यु
दार्चुलाबाट एक दुखद खबर आएको छ । त्यहाँ दुई बालकको ह्युमपाइपबाट निस्कन नसकेर मृत्यु भएको छ । उनीहरु पौडी खेल्न खोलामा गएका थिए । प्रहरीका अनुसार दुई जना बालकको ह्युम पाइप भित्र अड्कीएर घट्ना स्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगड स्थित लास्कुखोलामा निर्माणाधिन अवस्थामा रहेको मोटरपुल नजिकै उनीहरु पौडी खेल्न गएका थिए । यसरी मृत्यु हुनेमा ब्याँस गाउँपालिका–४ का १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका–४ का १२ वर्षीय रमित कुँवर छन् ।
उनीहरु पौडी खेल्दै गरेको अवस्थामा ह्युम पाइप भित्र छिरेका थिए । त्यसै समयमा अड्कीएको तथा भित्रै मृत्यु भएको प्रहरी निरिक्षक एवं सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।
दार्चुला–तिंकर सडक अन्तर्गत लास्कुखोलामाा निर्माणाधीन मोटर पुलभित्र राखिएको ह्युम पाइपमा अड्कीएर दुवै जनाको मृत्यु उनले बताए । ह्युम पाइप भित्र अड्कीएर मृत्यु भएका बालकको शवलाई जेसीभी प्रयोग गरेर निकालिएको थियो ।