११ देशका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक
सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ ११ देशका विभिन्न गन्तव्यमा साप्ताहिकरुपमा हुने उडान तालिका सार्वजनिक गरेको छ।
सार्वजनिक तालिका अनुसार कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४-४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १-१ उडान हुने भएको छ।
सार्वजनिक तालिका अनुसार कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान।
दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान। मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान।
काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान। साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान। कुबेतमा कुबेती वायुसेवाले २ उडान।
काठमाडौं-छेन्दु, काठमाडौं-ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १-१ र चीनको वायुसेवाले १-१ गरी सातामा २-२ उडान। काठमाडौं-मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ।
दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान। जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान।