काठमाडौ । यिनका अगाडी दुई गाउँले भाईलाई बगायो । माधव भण्डारी र गणेश ज्योतीलाई उनकै अगाडी बगाउँदै लग्यो । उनी पनि बाढीको बिचमा परे । सुरुमा त उनलाई भुकम्प आयो होला भन्ने लाग्यो । घर हल्लीन थाल्यो यिनी आफ्नो घरको माथिल्लो तलामा थिए । झ्यालवाट हाम फाल्न खोजे । फेरी म सिडिवाटै झरेर पनि तल पुग्छु होला भन्ने लाग्यो । यती गर्दा गर्दै उनले आफ्ना आँखा अगाडी देखेका दृष्य हुन् यी ।
गणेश ज्योतीको करोडौ लगानी गरेको माछा फार्म र उनीसंगै गणेशलाई पनि लग्यो । उनको श्रीमतीले बचाउन कोशिष गर्दा सकिनन् । गणेश यिनका छिमेकी हुन् । अहिले गणेशको श्रीमती एक्लिएकी छन् । मेलम्चीमा इन्द्रावती नदिले देखाएको वितण्डाबाट बाँचेका यि पुरुषले आफु कसरी बाँच्न सफल भए भन्ने कुरा खुलाएका छन् । असार १ गते पौने ७ वजे तिर उनको जिवनका निकै ठूलो घटना भयो ।
दिउसो ३ वजेतिर वर्षा हुन थालेको थियो । असार १ पछि आएको त्यो वितण्डा पछि अहिले सबै खण्डहर बनेको छ । उनी आफ्नो कार्यालयमा काम गरिरहेका थिए । साँझ ७ वजे सम्म अफिसको माथिल्लो तलमा रहेको उनको भनाई छ । एकै पटक सबैचिज खसेको उनले अनुभव गरे । ओर्लदा ओर्लदै आफ्ना दुई भाइहरुलाई आफ्नै आँखा अगाडी उनीहरुलाई लग्यो ।
दिनभरी गणेश आफ्नो फार्ममा काम गरिरहेका थिए । सुरुमा खोला धमिलो आउँदा मेलम्चीको ड्याम खोलेको भएर धमिलो आएको होला भन्ने उनलाई लागेको थियो । त्यसैले उनले त्यसलाई सामान्य रुपमा लिए । कहिले काँही ठूलो वर्षा आउँदा यस्तो धमिलो पानी आउने भएकाले त्यस्तै कल्पना उनले गरे ।