News

काठमाडौंमा आज ३ हजार ६ सय ६६ जना कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै  उपत्यकामा  मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौँमा मात्र २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ  ।  त्यस्तैगरी,  पछिल्लो २४ घण्टामा  थप ३७ जना कोरोना संक्रमितको ज्यान  गएको  छ  ।

१६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी  जम्मा सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

Related Articles

Back to top button