News
खसीको मासु भन्दै बाख्राको मासु बेच्ने २ जना पक्राउ
रौतहट / रौतहटमा खँसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार करिब २ बजेको समयमा रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित बजारमा खँसीको मासु भन्दै बाख्राको मासू बेच्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ३ वस्ने वर्ष २४ को लाल महमम्द र सोही ठाउँ बस्ने वर्ष ३० को महमम्द नसिवलाई करिब ३५ किलो बाख्रोको मासु सहित पक्राउ परेका हुन् ।
उनीहरु खँसीको मासू भन्दै उपभोक्तालाई बाख्रोको मासु बेच्दै आएका थिए । उपभोक्ताको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।