“ईनेपाल रोधि घरले” गरायो यती धेरै चर्चित कलाकार हरुको जम्का भेट , चल्यो कडा दोहोरी …(भिडियो सहित)
पछिल्लो समय हामीले युट्युब खोलेर हेर्ने हो भने सबै भन्दा बढी भिडियो युट्युबमा लाईभ दोहोरीका नै भेटिन्छन्, अझ भनौं केहीको त रोजीरोटी पनि युट्युब बाटै चलेको छ। यसो नजिक बाट नियाल्ने हो भने नेपाली लोक दोहोरी क्षेत्रका कलाकारहरुमा युट्युवमा “लाईभ दोहोरी” चलाउने होडबाजी नै चलेको देखिन्छ।
आज एउटा रोधिमा गीत गाउँदै गरेको कलाकारलाई २ महिना पछि खोज्नु भयो भने आफ्नै “रोधी घर”को नाम बाट युट्युवमा अर्को च्यानल बनी सकेको हुन्छ । के यसरी दिनहुँ नयाँ – नयाँ च्यानलबाट आउने लाईभ दोहोरी साच्चिकै चलेका छन् त ? यहाँ बाट आएको पैसाले आफ्नो टीमलाई पाल्न पुग्छ त ? सबै दोहोरी परिवार सँगै बसेर हेर्न सकिने छन् त ? यस्ता कयौं प्रश्नको जवाफ दोहोरी सञ्चालन गर्ने स्वयम् आफै सँग छैन् ।
यसरी च्याउ जस्तै उम्रिएका “रोधी घर” युट्युवको सर्चईन्जनमा त आए तर दर्शक श्रोताको मनमा भने आउन सकेनन ,दोहोरीको नाममा कति च्यानलमा अपलोड भएका भिडियोहरुमा दुई अर्थ लाग्ने शब्द प्रयोग गरिएका हुन्छन् त कतै सुर न तालमा गाइएको हुन्छ केवल युट्युवमा बिकाउन लाई, यस्ता केवल युट्युवमा बिकाउन मात्र लागि परेका प्रति सम्बन्धित निकायको ध्यान जान भने जरुरी देखिन्छ ।
प्रस्तुति राम्रो भए युट्युबमा बिकाउन धेरै मेहनत गर्नुपर्दैन भन्ने कुराको गतिलो उदाहरण हो ”ई नेपाल रोधी घर” पछिल्लो समय युट्युवमा सबैको नजरमा परेको यो च्यानल बाट हिजो मात्र अपलोड गरिएको दोहोरी भिडियो अहिले खुब चर्चामा छ। यो दोहोरी भिडियो चर्चामा आउनुको कारण भने उत्कृष्ट प्रस्तुति नै हो ।यहाँ दर्जन भन्दा बढी कलाकारले दोहोरी गाएका छन् ।
सोही कार्यक्रममा ई नेपाल रोधी घरले सहयोग पनि गरेको देखिएको छ । ई नेपालले दोहोरी प्रतिष्ठानलाई कोरोना कोषका लागी नगद एक लाख र म्यूजिक भिडियो कलाकार संघ नेपाललाई नगद बीस हजार सहयोग गरेको हो। उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, निवर्तमान अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष रिता थापा मगर लगायतको कार्यसमिति, म्यूजिक भिडियो कलाकार संघ नेपालका अध्यक्ष शंकर बिसी, उपाध्यक्ष महेन्द्र गौतम, महासचिव सुनिल लामिछाने, कोषाध्यक्ष देवेन्द्र क्षेत्री लगायतको कार्यसमिति र तमु कलाकार संघका अध्यक्ष शर्मिला गुरुङ लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
ई नेपाल ले कुनै पनि शर्जकको श्रृजना प्रयोग गरे बापत रोयल्टी पनि दिने गरेको छ ,यसरी रोयल्टी दिने पहिलो रोधी घर ई नेपाल नै हो ,केही दिन अघि गायक कुशल बेल्बासे को ”हातैका पौजांले” गीत प्रयोग गरे बापत रोयल्टी हस्तान्तरण गरेको थियो। यस्तै यस्तै राम्रा कामका कारण यतिबेला ”ई नेपाल रोधी घर” को चर्चा खुब चलेको छ। सञ्चालनमा आएको छोटो समयमै ६० हजार बढी सदस्य जोड्न सफाई भएको यो चनलका सबै भिडियोमा उत्कृष्ट भिउज र प्रतिक्रिया पाउन सकिन्छ। अब हेर्नुहोस् इतिहासिक दोहोरी भिडन्तको यो भिडियो/