News
एसईई परिक्षाको नतिजा बारे आयो एस्तो सूचना
काठमाडौं:राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मुल्यांकनबाट एसईई परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन दिएको थियो।जसअनुसार असार मसान्तभित्रमा एसईईको नतिजा प्रकाशित भइसक्ने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
यस्तै कक्षा १२ को परीक्षा साउनको अन्तिम सातादेखि गर्ने तयारी भइरहेको उनले बताए। कोरोना संक्रमण दर घटेसँगै निषेधाज्ञा खुकुलो भएकाले कक्षा १२ को परीक्षाको तयारी थालेको अध्यक्ष पौडेलले बताए। ‘सम्भवतः साउनको अन्तिम साता या भदौमा गरिसक्छौँ होला’ उनले भने।