News

भोलिदेखि टुटल पठाओ सञ्चालन

काठमाडौं, ७ असार । राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले भोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने भएका छन्।

सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिनुभयो । ‘हामी त्यसबारे नै छलफल गरिरहेका छौँ। सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्छौँ,’ उहाँले भन्नु्भयो ।

टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताउनुभयो ।

दुई पांग्रे सवारीमा दुई जना चढ्न मिल्ने र ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय गरेकाले सोहीअनुसार तयारी भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।

Related Articles

Back to top button