नवलपुर जील्लाको पाहाडी गाऊ बौदीकाली ३ मा एक श्रीमान श्रीमतीको जोडी देख्न सकिन्छ। त्यस घरमा श्रीमान अपाङ्ग भएको कारणले श्रीमतीले सबैको हेला सहेर बस्नु परेको छ। सामान्य परिवार आर्थिक अवस्था कम भएको हुनाले र काम गरि पैसा कमाउने मान्छे कोहि नभएको हुनाले यस परिवारलाई आफु पालिन पनि मुस्किल भएको छ। हामि गरिबीको कारणले गर्दा सबै गाउलेले हेपेको हुन् भन्दै इन्द्रा परिवारले गुनासो पोखिन। आफ्नो इज्यत र धर्मलाई जिन्दगि भन्दा ठुलो मान्ने ,भाग्यले ठगेको एक अभागी चेली हो म भन्छिन।
सम्पतिको नाममा केहि छैन ,अर्काको घरमा भाडामा बस्नु परेको हुदा सबैले हेला गरेका हुन्। महिनाको २५०० भाडा तिर्नु पर्छ। सम्पतिको नाम मा एक कुखुरा मात्र छ इन्दरा परिवारको। पालेका बाख्रा भैसी पनि अधिया हो ,घरमा खाने कुरा सकिन्छ भोकै पनि सुतेका छौ। सधै काम गर्न जानु पर्छ ,एक दिन नजाने हो भने खान पनि पाईदैन,दिनभरी काम गर्यो २००/३०० मात्र आउछ। माइतीले पनि कहिले हेरेनन् अझ मेरो भयो भने लाग्छन ,यस्तो श्रीमान लाई छोडेर म कहिँ पनि जान सक्दिन। सबै जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।