बाल आश्रममा गायिका एलिना चौहानले मनाईन जन्मदिन (भिडियो)
कभर गीत गाएर झापाकी अर्की चर्चित गायिका एलिना चौहान चर्चामा आएकी हुन् । कालीप्रसाद बास्काेटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर गाएपछी चर्चामा आएकी थिईन । ‘बरि लै’ को कभर गीत त ओरिजिनल गितभन्दा बढी हिट हुन पुग्यो । त्यसपछि उनलाई गीत गाउनका लागि संगीतकारहरूले पछ्याउन थाले। कभर गीतको चर्चापछि उनलाई काठमाडौं आएर गीत गाउनका लागि थुप्रै अफर आए। उनको क्र्याक स्वर नै अहिले सबैको मनपर्ने आवाज बनेको छ ।
सांगीतिक क्षेत्रमा छोटो समयमै राम्रो सफलता हात पारेकी गायिका हुन् एलिना चौहान । ‘इन्स्टाको फोटो’गीतको कभर गाएपछि उनको चर्चा शुरु भएको थियो । त्यसपछि गतवर्ष लकडाउनमा सार्वजनिक ‘के माया लाग्छ र रु’बोलको गीत उनको सांगीतिक करिअरका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो । एलिनाले धेरै राम्रो गीतहरु गाउने भएको हुनाले उनको गीत धेरैनै हिट भएका छन्। धेरै राम्रो गीत गाउने हुनाले उनलाई अरु गीत हरुको पनि अफर आउँ थालेका छन्।
एलिनाका गीत चर्चितहरु मध्य ‘कुरा काट्ने मान्छेले काटुन’, ‘मेरो परान’,‘मिनिरल वाटर’, ‘छेकेर माया छेकिन्न’, लगायतका गीत हरु हुन् । यी गीतकि गायिका एलिनाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । झापाकी एलिना आजदेखि २२ वर्ष पुरा भएर २३ वर्षमा लागेकी हुन् । जन्मदिनमा उनलाई सांगीतिक क्षेत्रका थुप्रैले शुभकामना दिइरहेका छन् । एलिनाले आफ्नो जन्मदिन कपनमा रहेको अन्र्तदृष्टि नेपाल नामक बालआश्रममा मनाएकी छिन् । त्यहाँ रहेका बालबालिकालाई लत्ताकपडा वितरण गरिन्, चकलेट बाँडिन् अनि केक काटिन् ।
सांगीतिक क्षेत्रबाट पाएको सफलताबाट पाएपछि एलिना खुःसी छन् । एलिनाले गतवर्षको आफ्नो जन्मदिन बृद्धाआश्रममा मनाएकी थिइन् । त्यसअगाडि पनि उनी सामाजिक काममा रुचि राख्दै आएकी थिइन् । आउँदा दिनमा सामाजिक कामलाई अझ राम्रो तरिकाले अगाडि बढाउने उनको सोँच छ । उनले भनिन् ‘काम गर्दे जाँदा स्रोता÷दर्शकले माया गर्नुभयो । एमदमै खुःसी छु’– ‘आउँदा दिनमा अझ राम्रो कामहरु गर्दै जानेछु । आगामी दिनमा राम्रा गीतहरु स्रोता–दर्शकलाई दिने प्रयास रहने बताइन् ।
उनले भनिन्, ‘मैले पाएको पारिश्रमिकबाट केही रकम बचत गर्दै समाजसेवाका लागि छुट्याउने गर्ने छु । पहिले थोरै–थोरै सहयोग गर्दै आएकी थिए । अब अलि राम्रो तरिकाले सहयोग गर्ने सोँच छ,उनी आफूले गीत गाउँदा पाएको पारिश्रमिकबाट दुई–तीन हजार, दुई–तीन हजार रुपैयाँ बचत गर्दै जाने र पाँच–छ महिना, पाँच–छ महिनामा त्यो रकम कुनै काममा खर्च सोँच बनाएको बताइन् । आफू स्रोता–दर्शककै मायाले यहाँसम्म आएको बताउँदै उनीहरुको दुःखमा सकेको सहयोग गर्नु आफ्नो कर्तब्य रहेको बताइन् ।