News

आज यि स्थानमा भारी वर्षाको सम्भावना (सूचीसहित)

असार ७, काठमाडौँ । आज (सोमबार) पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी वायुकै प्रभावले आज प्रदेश एकमा ‘ धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू तीन प्रदेशमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ७ गते (सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

२०७८ असार ८ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मति प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ९ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश, बाग्मति प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बाग्मति प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा र प्रदेश नं १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्विनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा र प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow)को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Related Articles

Back to top button