News

कहिले खुल्छ हवाई उडान ?

काठमाडौं / कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै जारी निषेधाज्ञा क्रमशः खुकुलो पारिँदै लगिएको छ ।

काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारी साधन र ट्याक्सी जोरबिजोर प्रणालीमा सञ्चालन हुने भएका छन्। उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

सार्वजनिक सवारी साधनबारे केही निर्णय भएको छैन। तर प्रशासनको पछिल्लो निर्णयले सार्वजनिक सवारी साधन निकट भविष्यमै सञ्चालनमा आउने संकेत देखिएको छ।

काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ।

हवाई उडानका विषयमा भने कुनै निर्णय भएको छैन। बैशाख १८ देखि आन्तरिक र बैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको थियो।

कोरोना संकट व्यवस्थापन समिति-सीसिएमसीको पछिल्लो बैठकले नेपाली श्रमिक भएका देशमा सिमित संख्यामा र सातामा २ हजार यात्रु नबढ्ने गरी हवाई उडान खोल्ने निर्णय गरेको थियो।

यसैगरी अहिले सातामा टर्कीमा एउटा र कतारमा दुई वटा उडान भइरहेको छ। यसैगरी भारतमा सातामा दुईवटा उडान भइरहेको छ। आन्तरिक उडानका विषयमा सीसिएमसी मौन छ।

Related Articles

Back to top button