EntertainmentVideo

लोकप्रिय गायक अलिफ खान र लोकदोहोरि गायिका शर्मिला गुरुङ बिच चल्यो यस्ता कडा दोहोरि घम्साघम्सि (हेर्नुस् भिडियो )

अलिफ खान अहिले नाम मात्रै नभइ प्रतिबिम्ब नै बनिसकेको छ र उनलाई नचिन्ने सायदै कोहि छन् ।अहिले अलिफ खान र लोकप्रिय लोकदोहोरि गायिका सर्मिला गुरुङबिच भेट भएसगै उनिहरु बिच क डै दोहोरि समेत चल्यो ।सर्मिलाले दोहोरिको महत्त्व यशको बिशेषताका बारेमा पनि छर्लङ्ग पारिन्।

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् ।

मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफको स्वरको उच्चतम सम्मान गर्दै संगितकार एवम् डाइरेक्टर अर्जुन पोख्रेलले दुईवटा गितमा उनलाई लिने भएका छन् त्यति मात्रै हैन उनी ईन्द्रेणिमा समेत गए र ईन्द्रेणिमा नै कृष्ण कंडेलले अलिफलाई राख्न प्रतिबद्धता पनि जिकिर गरे ।कला र गलालाई सधाबहार सम्मान एवम् उच्चतम प्ल्याटफर्म दिदै आएको ईन्द्रेणि समाजले अलिफको कलालाई समेत स्थान दिनुले थप चर्चामा ल्याउने निश्चित छ। अलिफको अपार सफलता पछि अब अलिफले स्टेज र प्लाटफर्महरु प्रसस्त पाउन थालेकाछन् यशैबच उनको पहिलो गित समेत रेकर्ड भैसकेको छ ।आमा र बुवालाई समर्पित गर्दै उनले आफ्नै शब्द अनि सङ्गितमा एकदमै मीठो भाका तयार गरेका छन् जुन नहेर्ने पक्कै कोहि पनि नहोलान् ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाचगान गर्ने हैन भने तर उनले आफ्नो कला मा र्न सकेनन् ।

साचै नै कति नौलो छ मुस्लिम समुदायबाट आएका अलिफ जोसग गला त थियो तर स्टेज थिएन रहर त थियो तर धर्मले दिएन् आज त्यहि अलिफ स्वदेश एवम् बिदेशबाट समेत हेरिदैछ चिनिदैछ तसर्थ अलिफ एक प्रेरणाका स्रोत भएको कुरो कसैले नकार्न सक्दैन त्यति मात्रै हैन कला र गलालाई धर्मले रोक्न नसक्ने समेत उनले प्रस्ट्याएका छन् ।अलिफको उच्चतम यात्राको शुभकामना ।

हेर्नुस् उक्त दोहोरि

यो पनी हेरौं

आलिफ खान र शर्मिला गुरुङले गाएको यो दोहोरी बन्यो रातारात भाइरल छोटो समयमै यती धेरै दर्शकको पर्यो नजर…(भिडियो सहित)

दोहरीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो। नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्।

सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सङ्गित दोहोरी शैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफहरू। यद्यपि प्रत्यक्ष-लाइभ- खेलिने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ। अनि सधैँ, र जुनसुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटिन पनि सम्भव पनि हुदैन जसको फलस्वरूप रेकर्ड गरिएका गीतहरूको बजार राम्रो रहेको हुन्छ।

यसै बीच पछिल्लो समय नेपालमा अनलाईन रोधी घरहको लहरै चलेको छ ।यही होडबाजीका बीच पहिलो दोहोरी भिडियो नै मिलियन भ्युज पुर्याएर एकाएक चर्चामा आएको अनलाइन रोधी घर हो ” ई नेपाल रोधी घर” आफ्नो सुरुवाती प्रभाव नै दमदार दिए पछि “ई नेपाल रोधी घर” सबैको नजरमा चम्कियो र युट्युब मा धक्का मार्दै चलिरहेका केही रोधी हरु जल्न थाले ।

उत्कृष्ठ कलाकारहरुको साथमा ,उत्कृष्ठ क्वालिटी दिनु ‘ ई नेपाल’को खुबी हो,अग्रजलाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको ‘ई नेपाल’को यो क्रेज त्यसै भएको भने होइन । ‘ई नेपाल रोधी घर ” आज भन्दा वर्षौं पहिला देखि मेसेन्जर मा सञ्चालन हुँदै आएको थियो, यो वर्ष बाट मात्रै युट्युब मा आउन थालेको हो । दिनहुँ उत्कृष्ट प्रस्तुती दिदै आएको ई नेपालले छोटो समयमै युट्युब मा ५० हजार भन्दा बढी सदस्य जोड्न सफल भएको छ ,हेरौं अहिले निक्कै चर्चामा रहेको ‘इ नेपाल रोधी घरको ‘ अर्को दोहोरी भिडियो जस्मा अलिफ खान र सर्मिला गुरुङ को दमदार प्रस्तुति रहेको छ।

Related Articles

Back to top button