EntertainmentVideo

चर्चित गायिका पुर्णकला बिसीको मार्मिक गीत “जानि मायालु” (भिडियो सहित)

नेपाली लोक दोहोरी क्षेत्रकी एक अब्बल गायिका हुन पूर्णकला विसी, बर्दियाली गायिका पूर्णकला जस्तोसुकै सवालको पनि तुरुन्तै टिपिकल शब्दमा उत्तर दिन माहिर छिन् । कसरी यति राम्रो स्वर बनाउनुभयो भनी एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा उनले भनेकी छिन् , ‘गायक-गायिकाको स्वर त गड गिफ्ट नै हो, लिएरै आउनुपर्छ, कसैले चाहे राम्रो पनि हुँदैन र नचाहँदैमा नराम्रो पनि हुँदैन । त्यसलाई अझ माझ्नु, मीठो बनाउनु आफ्नो ठाउँमा छ ।’ 

गायिका बिसीले नेपालका पूर्वदेखि सुदूरपश्चिमसम्मका सबै भाकामा गीत गाइसकेकी छन् । देशको संस्कार, संस्कृति, कला, साहित्यलाई लोकगीतले जगेर्ना गर्ने गरेको र लोकगीतले यी विषयलाई मर्न नदिने उनको भनाइ छ ।उनी गीत गाउनकै लागि दुबई, कतार, मलेसिया, जापान, अस्ट्रेलियालगायतका मुलुक पुगिसकेकी छन् ।

बुधबार उनको रको नयाँ गीत बजारमा आएको छ, पूर्णकला बिसी एकल आवाज रहेको उक्त गीतमा जय देवकोटाको शब्द रहेको छ भने संगीत नन्दु परियारको रहेको छ। निकै मार्मिक शब्द /संगीत अनि स्वर रहेको उक्त गीतको भिडियो पनि निकै मार्मिक कथा वस्तुमा तयार पारिएको छ। भिडियो पूर्णकला आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् । भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने निर्देशन पनि दुर्गा पौडेलको नै रहेको छ,अभिनय तर्फ टीका जैशी,धन केपी लगायतका कलाकारले रहेका छन् ।हेरौं भिडियो /

Related Articles

Back to top button