EntertainmentVideo

चर्चित पत्रकार सन्तोष देउजा यस्तो अबस्थामा भेटिएपछि… (भिडियो सहित)

चर्चित युट्युबर सन्तोष देउजाले धेरैको घरबार मिलाएका छन् । बिग्रेका घरबारहरु मिलाउने क्रममा उनी भारत समेत पटक पटक पुगेका छन् । सन्तोषले लिने अन्तरवार्ता र समस्याको समाधानले धेरै मानिसलाई राहात मिलेको छ । उनको चर्चा र लोकप्रियतासँगै उनी अभिनयमा पनि देखिन थालेका छन् । जसमध्ये सन्तोषको अभिनय रहेको माया बसेसीमा सन्तोष र सुनिता भण्डारीको जिवन्त अभिनय रहेको छ । भिडियोमा सन्तोष विदेश उड्दा पत्निले देखाएको सदासयता र विदेश गइसकेपछि दिएको धोकालाई देखाइएको छ ।

गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ ।

बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय गरेकी छिन् । काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छिन् ।

भिडियोमा ज्योती र काव्याका अलावा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन, सम्पादन र परिकल्पना छ । भिडियोमा नवीन निरौलाको कलर, दीपिका श्रेष्ठको मेकअप रहेको छ । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Related Articles

Back to top button