News
ज्वाला संग्रौलासहित तीन जना पक्राउ
आफूलाई समाजसेवी बताउने ज्वाला संग्रौलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
संग्रौलासहित उनका श्रीमान हिमाल उपाध्याय र शर्मीला वाइवालाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन सुरु भएको थियो।
उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो। आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो। ( नेपाल खबरबाट )