चाइनाले थुनिएको नदी खोले पछि तामाकोशीमा बाढी आउने जोखिम घट्यो
काठमाण्डाै – थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ ।तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।
थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । चीनको टिङ्ग्री काउन्टीको रोङछिया आसपासमा नदी थुनिएको चिनियाँ पक्षले जानकारी गराएकोमा अहिले नदीको बहाव नियन्त्रणमा रहेको जानकारी पाएको डीएसपी रिजालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति जरुरी सूचना जारी गरेर दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । तामाकोशीमा बाढी आएमा तटीय क्षेत्रमा पर्ने दोलखासहित रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट