News
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्
काठमाडौं – आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारदेखि घट्दै आएको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेको हो ।
शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।