NewsVideo

सिन्धुपाल्चोक रुँदा पूजा शर्मा रोईन राहत लिएर पुगिन् आफ्नो घर गाउँ, घर जाने बाटो नभेट्दा दुखी बनिन्( भिडियो)

धेरै कलाकारहरुको जन्मथलो ठाउ हो सिन्धुपाल्चोक त्यस मध्य नायिका तथा निर्माता पूजा शर्माको जन्मथलो पनि सिन्धुपाल्चोक नै हो । आज उनि जन्मेको जन्मथलो धेरै नै पीडामा छ । प्राकृतिक विपत्तिले घा’यल सिन्धुपाल्चोकलाई यस वर्ष पनि बाढी पहिरोले थालिएको छ । सिन्धुपाल्चोक समग्र जिल्ला नै रोएको बेला उनका आँखा थामिएका छैनन् । किन जहिल्यै सिन्धुपाल्चोक प्राकृतिक प्रकोपको च’पेटामा पर्छ ? भन्ने उनको जिज्ञासाको कुनै जवाफ छैन ।

आफू र आफ्ना केही साथी मिलेर दुखेका सिन्धुपाल्चोक बासीलाई मल्हम लगाउने उनको योजना छ । यसैका लागि आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा बोकेर उनी र उनको समूह सिन्धुपाल्चोक आएको छ। उनको समुहले केहि खाद्यान्न ,लत्ताकपडा केहि आबश्स्क पर्ने बस्तुहरु ल्याएर पिडितहरुको भोक मेटाएका छन्। आफुले सकेको सहयोग गरेपछि उनिहरु अरु धेरै मनकारी व्यक्तिहरुलाई सहयोगको अपेक्षा पनि गरेका छन्।

यहाको अवस्था देख्दा जो कोहीको पनि मन भरिएर आउछ। कसैले यहाँको पिडा देख्न सक्दैनन् ,सबैको आखामा आशुले भरिएका हुन्छन। कसैले आफ्नो परिवार गुमाएको पिडा ,कसैले आफ्नो घर जग्गा गुमाएको पिडा ,कसैको सर्वस्वनै गुमेको पिडाको चिच्यावट सुन्दा जो कोहि पनि रुने गर्छ। यस्तो बिपत्तिको बेलामा धेरै कलाकारहरुले सहायोग गरेको पाइएको छ। धेरै संघसस्थाहरुले पनि सहयोग गरेका छन्।

मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क वि’च्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् ।

Related Articles

Back to top button