News

पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो।

कोरोना पुष्टि भएपछि गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । बिष्टको भेन्टिलेटरमा उपचार भइ रहेको थियो ।

बिष्ट नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत थिए । उनी तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्रीसमेत बनेका थिए ।

Related Articles

Back to top button