सिन्धुपाल्चोक। अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन । बाढीले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने मध्य मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया र भारतीय नागरिक पनि परेका छन ।
बाढीबाट बाचेकाहरु धेरै जसोको घर र जमिन सबै लगेपछि अहिले सडकको बास भएको छ । बिपत्तिमा परेका स्थानीयहरुले सहयोगको आशा गरेका छन ।
त्यस्तै बाढीले झोलुंगे र पक्कि पुल पनि बगाएको छ । बाढीमा फसेका स्थानीयहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको थियो । अहिले सबै जना सुरक्षित स्थानमा स्कुल भवनमा सेल्टर लिएका छन । बाढी भने अझै नरोकिएको स्थानीय बताउछन।
यसै बीच लोकप्रिय कार्यक्रम इन्द्रेणीका कृष्ण कंडेल मेलम्चीको स्थलगत निरीक्षण गर्न पुगेका छन । उनले बाढी पिडितसंग दुख बुझेका छन। धेरैले आफ्नो आफन्त गुमाउदाको पिडा पोखेका छन।