Entertainment

दोहोरी प्रतिष्ठानलाई ‘ ई नेपाल रोधी घर ‘ ले गर्यो एक लाख सहयोग(फोटो फिचर सहित)

नेपालगन्ज/ पछिल्लो समयमा निकै चर्चामा रहेको ‘ ई नेपाल रोधी घर ‘ ले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कोरोना कोषका लागी नगद एक लाख सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष रमेश विजीले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्। विभिन्न सहयोगीमनहरुको सहयोगमा  लोक दोहोरी प्रतिष्ठानले निषेधाज्ञाका कारण समस्यामा परेका लोकदोहोरी कलाकारसहित अन्य नेपालीहरुलाई विगत लामो समय  देखि सहयोग गर्दै आएको छ, केही दिन अघि मात्रै उक्त संस्थाले प्रतिष्ठान र प्रतिष्ठान उपत्यका समन्वय समितिको समन्वयमा ६ सय जनालाई १२ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री वितरण गरिएको थियो।

अब चर्चा गरौं ‘ ई नेपाल रोधी घर ‘ को :

सन् २०१५ देखि  “ई नेपाल खबर ” नाम बाट सञ्चालनमा आएको यो संस्था ताजा समाचार र  नयाँ कलाकार उत्पादन गर्ने एउटा दरिलो खम्बा बन्न सफल भएर सधैं चर्चामा रहीरह्यो ।सामाजिक सञ्जालको सदुपयोग गर्दै  फेसबुक मेसेन्जर मा ” ई नेपाल खबर अनलाइन  दोहोरी ” नामक ग्रुप पनि  सञ्चालन गरियो  जहाँ बाट थुप्रै कलाकार हरु उत्पादन गरियो , उक्त ग्रुपमा कला गला भएका तर पछाडि परेका प्रतिभा हरुलाई ल्याइन्थ्यो र उनीहरूको प्रतिभाको उच्च सम्मान गर्दै गीत निकल्लने अवसर सम्म जुराई दिन्थ्यो ” ई नेपाल ले ” जुन कार्य अहिले पनि ई नेपालले गर्दै आएको छ।

ई नेपाल” यत्तिमा मात्र सीमित रहेन हाल सालै मात्र काठमाडौंको बालाजुमा ई नेपाल रोधिघरको स्थापना गरियो , पछिल्लो समय बढ्दै गएको युट्युब अनलाइन दोहोरीको बढ्दो होडबाजीका बीच आएको  “ई नेपाल रोधी घर” छोटो समयमै चर्चा कमाउन सफल भयो । ई नेपालले युट्युबमा मात्र २२ ओटा एपिसोड सञ्चालन  गरेको छ र सबै एपिसोडमा निकै उत्कृष्ठ प्रतिक्रिया र भिउज पाइरहेको  छ। दोहोरीको बढ्दो  होडबाजीका बीच आएको यो रोधी यतिबेला सबैको नजरमा परेको छ।

‘म्युजिक भिडियो कलाकार संघ’ लाई पनि ई नेपालको सहयोग।

हालै मात्र ‘ई नेपाल रोधी घर ‘ ले ‘म्युजिक भिडियो कलाकार संघ’ लाई पनि सहयोग गरेको छ।म्युजिक भिडियो कलाकार संघले समस्यामा परेका म्युजिक भिडियोसँग सम्बन्धित कलाकार,प्राविधिक र डान्सरहरुको लागि आव्हान गरेको राहत वितरणका लागि ई-नेपाल रोधिघरको तर्फबाट नगद(बिस हजार) सहयोग गरेको मोडल महेन्द्र गौतमले जानकारी दिएका छन्।

को हुन् ई नेपालका संस्थापक ?

ई नेपाल ‘ का  संस्थापक राजन क्षत्री हुन ,उनको जन्म बागलुङमा भएको हो भने उनी विगत लामो समय देखि अमेरिका बस्दै आएका छन् , क्षेत्रीलाई धेरैले समाजसेवीका रूपमा चिन्छन्  उनले संस्थाको मातहत भन्दा बाहिर रहेर पनि थुप्रै सहयोग गरेका छन् । यो भनी रहँदा तपाईंको मनमा एउटा प्रश्न आउन सक्छ त्यो हो ,यत्रो सहयोगी मान्छे  किन चर्चामा छैनन ? राजन क्षत्री त्यस्ता व्यक्ति हुन् जसले सामाजिक कार्य गरेर कहिलै मिडीया बाजी गर्दैन ।यति सहयोग गर्नु हुन्छ मिडियामा किन देखिनु हुन्न नी ? भनी सोधिएको प्रश्नमा उनी भन्छ ‘ आफूले गरेको काममा आफू सन्तुष्ट हुन पर्यो , मलाई चर्चामा आउनु भन्दा पनि आफूले गर्न सकेको सहयोग गरेको छु यसैमा खुशी छु” ।

राजन क्षेत्रीलाई धेरै कलाकारले त भगवान नै मान्छन्  कर्न हो कलाकार प्रतिको उनको माया उनले थुप्रै कलाकारहरुलाई पनि सहयोग गरेका छन् जो आर्थिक अभावका कारण अथवा स्थान नपाएर पछाडि परेका छन् ।सहयोगका केही तस्बिर हेर्नुहोस्

Related Articles

Back to top button