News
पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता
धादिङ, ५ असार । धादिङमा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोले डोजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
धादिङबेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका –५ का जोजो तामाङ बेपत्ता भएका हुन् । बेपत्ता दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पानी परेर खोलामा बाढी आउँदा समेत काम गरिरहेको थियो । माथीबाट बाढीर पहिरो आएर डोजर पुरेर उनिहरु हराएको गाउँबासीको भनाइ छ।