News

माैसम : भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । मौसमविद्का अनुसारबिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहने र पूरै मौसम सुधार हुनेछैन ।

प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाका कारण ती प्रदेशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

शनिबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै‚ राति पनि देशभर नै मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

Related Articles

Back to top button