News
तामाकोशीको बहाव थुनियो, ठूलो बाढी आउने आशंका
काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा ठूलो बाढी आउनसक्ने भन्दै सतर्क रहन सूचित गरेको छ।
शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले तामाकोशी नदीको बहाव थुनिएकोले ठूलो बाढी आउनसक्ने भन्दै सतर्क रहन सूचित गरेको हो ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।
नेपाल–चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचित गरेको छ।