News
मेलम्ची नदीमा फेरि असार १ को भन्दा ठूलो बाढी, हेलम्बुमा झोलुंगे पुल बगाएको आशंका
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा शुक्रबार राति फेरि बाढी आएको छ।
असार १ गते आएको भन्दा ठूलो बाढी नदीमा आएको बताइएको छ ।
शुक्रबार राति करिब ८ बजेदेखि मेलम्ची नदीमा फेरि भीषण बाढी आएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।
उहाँले पानी नपरे पनि बाढी आएको जानकारी दिनुभयो । नदीको मुहानतिर पानी परेर अथवा बीचमा पहिरोले नदी थुनेर बाढी आएको अनुमान गरिएको उहाँले बताउनुभयो ।
शुक्रवार रातिको बाढीले हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको आशंका गरिएको छ । पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको बताइएको छ ।
नदीमा फेरि बाढी आएपछि मेलम्ची क्षेत्र तथा हेलम्बुस्थित नदी आसपासका जनतालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।