News

आज झन ह्वात्तै घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस्

काठमाडौं, ४ असार । आज नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले घटेको हो । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । हिजो प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघको अनुसार आज चाँदीको मुल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

Related Articles

Back to top button