News

मेलम्ची पुग्दा कल्पना दाहालको रुवाबासी, पिडितको बयानले आखाभरी आँशु (भिडियो)

काठमाडौँ । मेलम्चीका बाढी पिडितलाई राहत र सहयोग लिएर कल्पना दाहालको टोलि अहिले मेलम्चीमा छ।लगातार १ हप्तादेखि देशैभर परेको अविरल वर्षाको कारण अहिले नेपालको पहाडी र तराई क्षेत्रमा बाढी पहिरोले प्रभाव पारेको छ । बढी पहिरोले गर्दा धेरै घरहरु बिस्थापित हुन पुगेका छन् । अहिले देश भर नै बाढी पहिरोको प्रकोप छ ।

जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले कम्तिमा २० जना बेपत्ता भएका छन । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । त्यस्तै झोलुंगे तथा पक्कि पुल समेत बाढीले बगाएपछी मानिसको आउने जाने सम्पर्क नै टुटेको छ ।

अहिले मेलम्चीका बाढी पिडितहरुलाई देश विदेशबाट आर्थिक सहयोग आउन थालेको छ । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले आर्थिक तथा मानवीय सहयोग गर्न बाढी ग्रसित क्षेत्र पुगेका छन । यसै बीच कलाकार कल्पना दाहाल पनि मेलम्ची पुगेकी छन । बाढी पिडितहरुको पिडा देखेर कल्पनाले पनि आफुलाई सम्हाल्न सकीनन ।

Related Articles

Back to top button