News

मेलम्ची बाढीपीडितलाई नायिका आँचल शर्माको सहयोग

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भएका छन्।

डा. उदित श्रेष्ठले सामाजिक संजालमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जानकारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत लिन आइदिन आग्रह समेत गरेका छन्।

“हामि ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।” डा. उदित श्रेष्ठले लेखेका छन्।डा. उदित श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, “हामि ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार आउदै छौ, पिडित दाजु भाइ दिदि बहिनिहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ।”

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्।पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्। नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन्

Related Articles

Back to top button