News

छोराको श’व सुम्सुम्याउँदै आमाले ‘उठ बाबु उठ’ भन्दै थिइन्, बालक साँच्चै जीवित भए

काठमाडौं। कहिलेकाहीँ चमत्कार हुन्छ । आमाको ममतामा ठूलो श’क्ति हुन्छ भनिन्छ, सम्भवतः यो घ’टना त्यस्तै हो । घ’टना २० दिनअघिको हो । भारतको दिल्लीको एक अस्पतालमा उपचारका लागि ल्याइएका ६ वर्षका एक बालकलाई डाक्टरहरुले मृ’त घोषि’त गरेका थिए । त्यसपछि बालकको श’वलाई उनीहरुको गाउँ हरयाणाको बहादुरगढ लगिएको थियो ।भारतीय अखबार दैनिक भास्करका अनुसार बालकको अन्तिम संस्कारको तयारी भइरहेको थियो । आमाले आफ्नो छोराको टाउकोमा चुम्दै ‘उठ बाबु उठ’ भनिरहेकी थियन् । त्यही बेला बालकको शरीरमा हलचल भयो । बालकको फेरि उपचार सुरु गरियो र मंगलबार ती बालक रोहतकको अस्पतालबाट हाँस्दै खेल्दै आफ्नो घर गए ।

बहादुरगढका हितेश र जाह्नवीका अनुसार उनीहरुका छोरालाई टाइफाइड भएको थियो । उनलाई उपचारको लागि दिल्ली लगिएको थियो । २६ मेका दिन डाक्टरहरुले उनलाई मृ’त घोषि’त गरिदिए । उनीहरु छोराको श’व लिएर बहादुरगढ फर्किए ।बालकका हजुरबुवा विजय शर्माका अनुसार उनीहरुले शव रातभरी राख्नको लागि बरफ र बिहान गाड्नको लागि नुनको व्यवस्था गरिसकेका थिए । गाउँलेहरुलाई बिहान श्मसान आउन भनिएको थियो ।

बालककी आमा जाह्नवी र ठूलीआमा अन्नुले रुँदै बालकलाई हल्लाउँदै उठ्न भनिरहेका थिए । केही समयपछि प्याक गरिएको शवमा हलचल देखियो । त्यसपछि पिता हितेशले बालकको अनुहार कपडाको प्याकिङबाट बाहिर निकाले अनि मुखबाट सास दिन थाले ।छिमेकी सुनिलले बालकको छातीमा हल्का दबाब दिन थाले । यस्तो गरेको उनीहरुले फिल्ममा देखेका थिए । यही बीचमा बालकले पिताको ओठमा दाँत गाडे । त्यसपछि २६ मेको रातमै बालकलाई रोहतकको एक निजी अस्पताल लगियो ।डाक्टरहरुले बालकको बाँच्ने सम्भावना १५ प्रतिशत मात्रै भएको बताएका थिए । उपचार सुरु भयो । बालकको स्वास्थ्स्थमा तीब्र रुपमा सुधार भयो र उनी पूरै ठिक भएर मंगलबार घर पुगे ।

अहिले बालकका पिता हितेश आफ्नो ओठमा छोराले दिएको घाउ देखाएर खुसी मनाइरहेका छन् । हजुरबुवा विजय यसलाई चमत्कार बताइरहेका छन् । आमाले भगवानले उनका छोरामा फेरि सास राखिदिएको मान्छिन् । यसबाट परिवार मात्रै होइन गाउँ नै खुसी छ ।

Related Articles

Back to top button