News
मेलम्चीमा राहत वितरण टोली र स्थानीय बिच झडप
मेलम्चीमा गएको भिषण बाढी पछी बिस्थापित भएका स्थानीयहरुलाई राहत सामग्री वितरण गर्न गएका एमालेको विद्यार्थी संगठन अनेरास्ववियु विवादमा तानिएको छ ।
नेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण गर्न थालेपछि बाढी पिडितहरुले विज्ञापन गर्ने ठाउ हैन भन्दै बिरोध गरेका थिए । पिडाको बेला पनि राजनीति गर्न खोजेको भन्दै स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका थिए । दुई समुह बीच धकेला धकेल समेत भएको थियो । राहत वितरण गर्ने क्रममा विवाद भएपछि प्रहरीले स्थिति सामान्य पार्न सामान्य बल प्रयोग गरेको थियो ।
उक्त घटनाको लोप्सङ लामाले सामाजिक संजालमा प्रत्यक्ष प्रसारण गरेका छन । भिडियो हेर्नुहोस ।