News

मेलम्ची बाढीपीडितलाई नायिका श्वेता खड्काको सहयोग

काठमाडौं । नायिका श्वेता खड्का सार्वजनिक जीवनमा पनि उत्तिकै चर्चामा रहने गर्छिन् । प्रेम, विहे र नीजि जीवनले उनी लाइमलाइटमा हुन्छिन् । श्वेता समाजसेवामा पनि सक्रिय छिन् ।भूकम्प पीडितको लागि उनले सिन्धुपाल्चोकमा घरहरु पनि निर्माण गरेकी थिइन् । त्यही सिन्धुपाल्चोकको मेलम्चीमा अहिले बाढीले धनजनको क्षति पुर्‍याएको छ । २०० घर उठिवास भएका छन् ।

ताका लागि श्वेताले सहयोगी हात अघि बढाएकी छिन् । शुक्रबार बाढी प्रभावित मेलम्ची पुगेर श्वेताले सहायता वितरण गर्ने जनाएकी छिन् ।सिरक, कम्बल, डसनासहित खाद्यान्न सहयोग गर्ने श्वेताको तयारी छ । तत्काल राहत र उद्दारको व्यवस्थापनमा आफू अघि सरेको श्वेताले जनाएकी छिन् । श्वेता र हाम्रो टीम नेपाल नामक सामाजिक समूह मिलेर मेलम्चीलाई सघाउन लागेका हुन् ।

Related Articles

Back to top button