News

फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ? हेर्नुहोस्

काठमाडौं –  बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा १ हजार १ सय रुपैयाले घटेको हो ।

बुधबार प्रतितोला ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार ३ सय ४० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button