यी हुन् मेलम्ची बाढीमा बेपत्ता भएका २० जना (नाम तथा क्षति विवरणसहित)
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा परी २० जना बेपत्ता रहेको आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले बेपत्ता २० जनाको नामावली र अन्य क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
बाढीका कारण मेलम्ची र हेलम्बुका गरी करिब ९०० जना प्रभावित भएकाे विवरण सार्वजनिक गरिएकाे छ । बाढीमा २० जना हराइरहेकाे, ५ जना घाइते भएकाे र १ जनाकाे लास फेला परेकाे बताइएकाे छ । साथै ५ वटा झाेलुंगे पुन, ४ वटा पक्की पुल र ७ वटा माछा फार्ममा क्षति पुगेकाे समेत विवरणमा उल्लेख छ ।
बाढीमा परी हराइरहेको र तीमध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक रहेकाे जनाइएकाे छ ।
बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति रहेका छन् । यसैगरी हेलम्बु– ३ की ५० वर्षीया साइली तामाङ र हेलम्बू– ६ का ५० वर्षीया च्याङा तामाङ तथा ४२ वर्षीया काली तामाङ बेपत्ता छन् ।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, त्रिपुरासुन्दरी गाउँपालिका–१ का १९ वर्षीय विमल खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल, १६ वर्षीय कमल खत्री, रेसमलाल साकी र हेमराज घिमिरे पनि बेपत्ता सूचीमा छन् ।