बाढी पहिरो कहर:रोल्पामा ४ घर भत्किए,प्यूठानमा एक बेप’त्ता
प्यूठानमा खोलामा आएको बाढीले बगाउँदा एक ब्यक्ति बे”पत्ता रहेका छन्।मंगलबार साँझ साढे ६ बजेतिर मल्लरानी गाउँपालिका वडा नम्बर ३ का करिब ४१ वर्षीय हिराबहादुर बिकलाई स्थानीय छापेखोलाले बगाएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए।
सडक निर्माणको काम गर्ने बिकलाई काम सकेर घर जाने क्रममा मंगलबार साँझ छापेखोलाले बगाएर बेपत्ता बनाएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए।यस्तै रोल्पामा अबिरल वर्षाका कारण चारवटा घर भत्किएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा चारवटा घर भ’त्किएको जानकारी दिए।
थबाङ गाउँपालिका वडा नम्बर १ मा दुई वटा, गंगादेब गाउँपालिका वडा नम्बर १ मा एउटा र त्रिबेणी गाउँपालिका वडा नम्बर ६ जुँगारमा थप एउटा घर भत्किएको डिएसपी सुवेदीले बताए । कुनैपनि मानबिय क्षति भने नरहेको उनले जानकारी दिए ।त्यसैगरी अबिरल बर्षाका प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएको छ ।